27, Apr, 2024

म्याकुरीलाई कुट्ने शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ चैत्र २०८०, मंगलवार १६:२४ | १ महिना अगाडी

काठमाडौँ । आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा भएकी छिन् । हास्य कलाकार पवन खतिवडा ९म्याकुरी०लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनी धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर सोमबार रिहा भएकी हुन ।

कलाकार खतिवडाले कुटपिट गरेको उजुरी दिएपछि गत फागुन १६ गते सिन्धुपाल्चोकको बाह्रविसेबाट प्रहरीले वाइबालाई पक्राउ गरेको थियो । पवन र उनकी पत्नी सुम्निमा खालिङबिच विवाद चलेका बेला सुम्निमासँग मिलेर वाइबाले हातपात गरेको आरोप लागेको थियो । खतिवडाले अनुहारमा चोटैचोट पत्रकार सम्मेलन सम्मेलन समेत गरेका थिए ।

१३ चैत्र २०८०, मंगलवार १६:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading