27, Apr, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ चैत्र २०८०, मंगलवार १५:५६ | १ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ ।

स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए । लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का महासचिव समेत हुन् ।

तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ । ‘कुन पार्टीको के भनेर आवद्धता हेरिन्न् । रास्वपासँग जोडिएर उम्मेदवार हुन इच्छुक व्यक्तिको विगत विवादित हुनु भएन’ रास्वपाका उच्च तहका एक नेताले भने, ‘अनियमितता र विवादमा नरहेको देखिए उहाँ उम्मेदवार हुने सम्भावना बढी छ ।’

रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ । त्यसअघि उपसभापति डा। स्वर्णिम वाग्ले १५ चैतमा इलाम जाँदैछन् । उनले उम्मेदवार आकांक्षीहरुबीच छलफल गराएर योग्यलाई चयन गर्ने बताए । १५ गते म इलाम जाँदैछु, उम्मेदवारमा आकांक्षा गर्ने अरु पनि हुनुहुन्छ, पार्टीले आकांक्षीबीच छलफल गराएर योग्य उम्मेदवार चयन गर्छ’, वाग्लेले भने ।

रास्वपाले उम्मेदवार हुन इच्छुकले बुधबारसम्म निवेदन दिन सक्ने समय अवधि तोकेको छ । तर, लिम्बुले रास्वपाले बनाएको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता नगर्ने बताए । ‘म स्वतन्त्र रुपमा उम्मेदवार घोषणा गरेर प्रचारमा लागिरहेको छु । उहाँहरुले बनाएको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने कुरा भएन’ लिम्बुले भने, ‘उहाँहरुसँग कुरा भइरहेको छ । निर्णय हुने गरी भने भएको छैन ।’

रास्वपाले प्राइमरीमार्फत उम्मेदवार चयन गर्ने भने पनि कूल मतदाताको एक प्रतिशत पार्टी सदस्य नरहेकाले ‘प्राइमरी इलेक्सन’ गर्न नसकिएको बताएको छ ।

१३ चैत्र २०८०, मंगलवार १५:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading