28, Apr, 2024

दीपक मनाङेले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिए

बागमती भ्वाइस
बागमती भ्वाइस
४ चैत्र २०८०, आईतवार १८:३२ | १ महिना अगाडी

पोखरा । स्वतन्त्र सांसद जितेपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

मनाङेले विनाकारण र अनायासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आइतबार प्रदेशसभा सचिवालयमा दलीय आवद्धता त्यागबारे निवेदन दर्ता गराएका हुन् ।

‘स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेश गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।

प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले निवेदनबारे छलफल भैरहेको बताए । ‘उहाँ (मनाङे)ले अभिलेख सच्याउन निवेदन दिनुभएको छ । त्यसबारे छलफल हुँदैछ’, उनले भने ।

मनाङे २०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । पछि नेकपा एस प्रवेश गरेका मनाङेलाई प्रदेशसभाको अभिलेख सच्याइएकाे थियो ।

४ चैत्र २०८०, आईतवार १८:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading