वि.सं.२०८३ भदौ १४ आइतवार

जसपा सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

khanepani

काठमाडौ । काठमाडौ जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा प्रतिनिधि सभाको आइतबारको बैठकबाट शोक प्रस्ताव पारित भएको छ।

सभामुख देवराज घिमिरेले उपचारका क्रममा ६० वर्षको उमेरमा सांसद अन्सारीको आइतबार बिहान निधन भएको बैठकमा जानकारी गराएका थिए।

प्रतिनिधि सभा बैठकले सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ। शोक प्रस्ताव सर्वसहमतिले पारित भएको सभामुख घिमिरेले बताए।

अन्सारीको निधनमा सांसदहरूले एक मिनेट मौनधारण पनि गरेका थिए।

प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने सभामुख घिमिरेले बताए।

ranechhap