05, May, 2024

गायिका एलिना चौहानको कार्यक्रममा साउण्ड सिस्टम नदिने व्यवसायीको चेतावनीमा लोक दोहोरी प्रतिष्ठानको घोर आपत्ति

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ फाल्गुन २०८०, सोमबार ०९:२९ | १ महिना अगाडी

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहानको कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनीको विरोध गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालले विज्ञप्ति जारी गर्दै साउण्ड सिस्टम व्यवसायीहरुले जारी गरेको विज्ञप्ति र त्यहाँ उल्लेखित शब्दावलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

व्यवसायीको विज्ञप्तिले कलाकार र साउण्ड इन्जिनियर, टेक्निसियनबीचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने प्रतिष्ठानले जनाउँदै साउण्ड सिस्टम उपलब्ध नगराउने अभिव्यक्तिप्रति घोर आपत्ति जनाएको हो ।

साउण्ड सिस्टम व्यवसायीले गायिका एलिनाले माफी नमागे उनको कार्यक्रममा साउण्ड सिस्टम नै उपलब्ध नगराउने चेतावनी दिएको थियो ।

एलिनाले माफी मागिसकेकी छन् । पर्वतको तेस्रो महोत्सवममा फागुन २ गते राति प्रस्तुतीका क्रममा एलिना र साउण्ड सिस्टम टेक्निसियनबीच भनाभन भएको थियो ।

२८ फाल्गुन २०८०, सोमबार ०९:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading