वि.सं.२०८१ चैत ६ बुधवार

राष्ट्रिय सभा अध्यक्षको मनोनयन आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने,आजै नामावली प्रकाशन हुने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मतदात भने मंगलबार हुने कार्यतालिका छ ।

राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।