29, May, 2024

महाशिवरात्रि मेलामा पाशुपत क्षेत्रमा भक्तजनको भीडलाई ध्यानमा राख्दै,काठमाडौंमा यसरी मिलाइएको छ सवारी रुट र पार्किङ

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ फाल्गुन २०८०, शुक्रबार ०८:१२ | २ महिना अगाडी

काठमाडौं । महाशिवरात्रि मेलामा पाशुपत क्षेत्रमा भक्तजनको भीडलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन मिलाइएको छ ।

आवश्यकताअनुसार सवारीसाधन डाइभर्सन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पशुपति क्षेत्रमा सवारी आवागमन व्यवस्थित गर्न गौशालातिरबाट जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता डाइभर्सन गरिने छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा सहयोग गर्न सबैमा अनुरोध गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

ट्राफिकका अनुसार डाइभर्सन गरिने स्थानहरू यसप्रकार छन्-
 चावहिलबाट गौशालातर्फ ।

 पुरानो बानेश्वरबाट गौशालातर्फ ।

 ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।

 द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।

 सिफल चौरबाट जयबागेश्वरीतर्फ ।

 लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।

 गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।

 तिलगंगाबाट गौशालातर्फ ।

 मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।

 जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।

 सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।

 जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

२. मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन
 कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिवुटी, काँडाघारी हुँदै बौद्वतर्फ संचालन हुने,

 कोटेश्वर तिनकुने हुदैं पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।

 महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।

 कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

३. पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु
 सिफल चौर (दर्शानार्थीहरुको)

 कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)

 भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)

 तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)

 वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)

 गृहेश्वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

२५ फाल्गुन २०८०, शुक्रबार ०८:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading