29, May, 2024

गठबन्धनबारे निर्णय गर्न नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक सुरु

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार १३:०६ | २ महिना अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा गएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

त्यही विषयमा छलफल गर्न एकीकृत समाजवादीले बैठक बोलाएको हो ।

२३ फाल्गुन २०८०, बुधबार १३:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading