वि.सं.२०८१ माघ १ मंगलवार

एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने

काठमाडौं । नेकपा -एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि छलफल गरेका छन् ।