29, Apr, 2024

सुदूरपश्चिममा आजै सरकारको समर्थन फिर्ता लिन माओवादीले बोलायो संसदीय दलको बैठक

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार ०८:४२ | १ महिना अगाडी

कैलाली । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ ।

अहिले बिहान १० बजे दलको कार्यालयमा संसदीय दलको बैठक आह्वान गरिएको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए । उनले आजै सरकारको समर्थन फिर्ता लिइने बताए ।

हिजो मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको हो ।

मुख्यमन्त्री शाहले माओवादी बाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो ।

आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलि पल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिन लागेको हो ।

२३ फाल्गुन २०८०, बुधबार ०८:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading