29, Apr, 2024

नेकपा माओवादीसँग आक्रामक बनेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा भने नरम

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ फाल्गुन २०८०, मंगलवार १६:२४ | १ महिना अगाडी

रुपन्देही । गण्डकी र सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार नेकपा माओवादीसँग आक्रामक बनेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा भने नरम देखिएको छ । वैशाख १४ मा माओवादीसहितका ८ दलको नेतृत्वमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न आज दिउँसो क्याविनेट बोलाएका थिए ।

जोडबलमा प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको शिखर सम्मेलन स्थगित भएपछि तनावमा रहेका उनी सोमबार दिनभर काठमाडौं बसेर देउखुरी फर्किएका हुन् । उनीनिकट मन्त्री रोज राणाले अरु प्रदेशमा जे भएपनि लुम्बिनीमा माओवादीका मन्त्री हटाउने विषयमा केही निर्णय नभएको बताए ।

मंगलबारको बैठकले प्रदेश सरकारले लुम्बिनीमा गर्न लागेको शिखर सम्मेलन हाललाई स्थगित गर्ने र बदलिँदो परिस्थितिअनुसार सरकार सञ्चालन गर्ने निर्णय भएको मन्त्री राणाले बताए । मंगलबारको बैठकमा मुख्यमन्त्रीसहित ७ जना सहभागी थिए । माओवादीबाट मन्त्री बनेका अर्थमन्त्री धनबहादुर मास्की गएका थिए भने नमूना केसी अनुपस्थित थिइन् । माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित चौधरीले केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने भएपनि तत्काल सरकारबाट नबाहिरिने जनाएका छन् ।

२२ फाल्गुन २०८०, मंगलवार १६:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading