26, Apr, 2024

सर्लाही २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनाव प्रचार गाडीकाे ठक्करबाट एककाे मृत्यु, उम्मेदवार यादवविरुद्ध प्रदर्शन

Bagmati Voice
संवाददाता
१५ कार्तिक २०७९, मंगलवार १६:०३ | १ साल अगाडी

जनकपुरधाम । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

नम्बर खुल्न नसकेको सेतो रंगको गाडीले सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सोनबरसाका २२ वर्षीय नेक महमद ‌र मलंगवा नगरपालिका- ९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएको थियो । घाइते नेक महमदको उपचारकै क्रममा मृत्यु भएको छ । साफीको उपचार जारी छ ।

ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ । घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

१५ कार्तिक २०७९, मंगलवार १६:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading