14, Dec, 2024

नयाँ वर्षको स्वागतमा मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल मनाइँदै,सार्वजनिक बिदा

बागमती भ्वाइस
बागमती भ्वाइस
२ बैशाख २०८१, आईतवार ०८:३० | ८ महिना अगाडी

जनकपुरधाम । नयाँ वर्षको स्वागतमा मधेशमा आज हर्षोल्लासका साथ आज जुडशीतल मनाइँदै छ ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै अग्रज एवं मान्यजनले आफूभन्दा सानालाई शिर (टाउको)मा जल थपथपाएर आशीर्वाद दिने चलन छ ।

बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी आर्शीवाद दिंदै जुडशीतल मनाउने गरिन्छ ।

आजका दिन रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

आनको दिन मिथिलाञ्चलको केही स्थानमा हिलोपानी पनि खेल्ने गर्दछन् । घरघरमा सोइजननको तरकारी, करहीबरी, तरुवा लागत विशेष परिकार बनाएर खाने चलन जुडशीतलमा छ ।

जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ । मधेश सरकारले जुडशीतलमा सार्वजनिक बिदा छुट्याएको छ ।

२ बैशाख २०८१, आईतवार ०८:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading