29, Apr, 2024

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिँदै, विफल पार्ने जनमतको प्रयास

बागमती भ्वाइस
बागमती भ्वाइस
४ बैशाख २०८१, मंगलवार ०९:४६ | १ हफ्ता अगाडी

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिने तयारी गरेका छन् ।

नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल र मतदानका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

केन्द्रमा बनेको नयाँ सत्ता समिकरण अनुसार मुख्यमन्त्री यादवले गत चैत ५ मा कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरी नेकपा एमालेलाई सरकारमा सहभागी गराए । लगत्तै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

जसपा नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपा सहभागी छन् । वर्तमान सत्ता गठबन्धनसँग प्रदेशसभामा बहुमत रहेकाले मुख्यमन्त्री यादव विश्वासको मत पाउनेमा ढुक्क छन् ।

उनले यसअघि तीनपटक विश्वासको मत लिइसकेका छन् । मुख्यमन्त्री नियुक्त हुँदा पहिलो पटक, एमाले सरकार छाड्दा दोस्रो पटक र जनमत पार्टी सरकारबाट बाहिरिदा तेस्रो पटक विश्वासको मत लिएका थिए ।

नेपाली कांग्रेस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपा सरकारको प्रतिपक्षमा छन् ।

जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्री यादव विश्वासको मत नपाउने दावी गरेका छन् । उनी भन्छन्,‘विश्वासको मत विफल बनाउने रणनीतिक तयार भइसकेको छ ।

४ बैशाख २०८१, मंगलवार ०९:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading