26, Apr, 2024

वाणिज्य बैंकहरुले कमाए ४० अर्बभन्दा बढी नाफा, कसले कति कमाए हेरौ सूची

Bagmati Voice
संवाददाता
६ चैत्र २०७९, सोमबार १९:२१ | १ साल अगाडी

काठमाडौं । बैकहरु डुब्नै लागेको र कर्मचारीहरुलाई तलव भक्ता खुवाउनै मुस्किल रहेको बताउँदै आएका वाणिज्य बैंकहरुले माघ मसान्तसम्म ४० अर्बभन्दा बढी नाफा आर्जन गरेको राष्ट्र बैकले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नबिलले ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ ।

एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । एनआईसी एशियाले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गर्दा ग्लोबल आइएमईले ३ अर्ब ५५ करोड नाफा कमाएको छ ।

यस्तै १ अर्बभन्दा बढी र २ अर्बभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, माछापुछ्रे, कुमारी, सिटिजन, प्राइम कमर्सियल, सानिमालगायत छन् ।

सबैभन्दा कम नाफा कमाउनेमा सनराइज, सिभिल र कृषि विकास बैंक छन् । तिनीहरुले एक अर्बभन्दा कम नाफा गरेका छन् । सनराइजले ८६ करोड, सिभिलले ७७ करोड ७० लाख र कृषि विकासले १० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

६ चैत्र २०७९, सोमबार १९:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading