27, Apr, 2024

फागुन तेस्रो साता श्रीमतीको हत्या गरी सेफ्टी ट्यांकीमा फ्याँकेर कपिलवस्तुबाट भागेका युवक काठमाडौंमा पक्राउ

Bagmati Voice
संवाददाता
४ जेष्ठ २०८०, बिहीबार १५:१८ | ११ महिना अगाडी

काठमाडौं । फागुन तेस्रो साता कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा श्रीमतीको हत्या गरी फरार एक युवक काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका-६ फगाम स्थायी घर भएका ३९ वर्षीय गर्भे विकलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरेको हो । विकले २६ वर्षीया श्रीमती केशुको हत्या गरी सेफ्टी ट्यांकीमा फ्याँकेर भागेका थिए ।

प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि विकलाई वडा प्रहरी कार्यालय चन्द्रौटा पठाएको छ ।

४ जेष्ठ २०८०, बिहीबार १५:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading