26, Apr, 2024

उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ

Bagmati Voice
संवाददाता
१९ बैशाख २०८०, मंगलवार ११:३७ | १२ महिना अगाडी

जनकपुरधाम । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् ।

महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका हुन्।

उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका-३ स्थित मलिबाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमा गिरीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव बिरामी भएपछि चैत २४ गते उपचारका लागि जनकपुरधाम स्थित हाड जोर्नी डाक्टर मनोजप्रसाद गुप्ताको क्लिनिकमा उपचारको लागि ल्याइएको थियो । शौचालयमा पिसाब गर्न पसेपछि भेन्टिलेसन फोडेर फरार भएका थिए ।

पक्राउ परेका यादवमाथि थुनुवा बन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यादवमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्रसमेतको मुद्दामा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ ।

१९ बैशाख २०८०, मंगलवार ११:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading