05, May, 2024

त्रिदेशीय फुटबलमा नेपालको खेल चैत १२ र १४ गते

Bagmati Voice
संवाददाता
३ चैत्र २०७७, मंगलवार १६:४७ | ३ साल अगाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा ले चैत १० देखि १९ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेल चैत १० गते बंगलादेश र कीर्गिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले भने चैत १२ गते कीर्गिस्तानसँग खेल्नेछ ।

त्यसपछि चैत १४ गते बंगलादेशसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि मार्च २९ अर्थात चैत १६ गते खेल्नेछन् ।

३ चैत्र २०७७, मंगलवार १६:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading