वि.सं.२०८३ वैशाख २० आइतवार

राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा यथावत, विधान बनाउन तीन सदस्यीय कार्यदल

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई नै निरन्तता दिने निर्णय गरेको छ ।

पुन:स्थापितपछि माओवादी केन्द्रको सिंहदरबारमा पहिलोपटक बसेको बैठकले शर्मालाई दलको नेतामा निरन्तता दिने निर्णय गरेको हो । उनी नेकपाको पनि दलको नेता थिए ।

त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदाका लागि तीन सदस्यीय कार्यदल बनाएको सांसद रेखा शर्माले जानकारी दिइन । कार्यदलमा देव गुरुङ, रामनारायण बिडारी र रेखा शर्मा छन् ।

बैठकले माओवादीका तर्फबाट सरकारमा रहेका सांसदलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ ।

ranechhap