27, Apr, 2024

मिडियाको जिम्मेवारी के हो भन्ने नेपाली मिडियाबाट भारतले सिक्नुपर्ने : कोइराला

Bagmati Voice
संवाददाता
२९ असार २०७७, सोमबार १२:२२ | ३ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले मिडियाको जिम्मेवारी के हो भन्ने नेपाली मिडियाबाट भारतले सिक्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतीय मिडियाले आपत्तीजनक सामग्री प्रसारण गरिरहेका बेला नेता कोइरालाले यस्तो धारणा राखेका हुन ।

भारतीय मिडियाले दुई देशको सम्बन्धमा आँच आउने सामग्री प्रसारण गरेको डा. कोइरालाको निष्कर्ष छ । ‘केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामग्री प्रसारण गर्नु दुःखद् कुरा हो’ उनले ट्विटरमा लेखेका छन्, ‘मिडियाको जिम्मेवारी उनीहरूले नेपालबाट सिक्नुपर्ने देखिन्छ ।’

भारतीय सञ्चार माध्यमले नेपाल र नेपाली नेतृत्वको विषयमा झुटा र उच्छृंखल सामग्री प्रसारण गरेपछि नेपालले ‘प्रोटेस्ट नोट’ पठाईसकेको छ ।

२९ असार २०७७, सोमबार १२:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading