वि.सं.२०८३ वैशाख २१ सोमवार

बलात्कार गरी गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ

khanepani

अछाम । महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

अछामको पञ्चदेवल नगरपालिकाकी एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सोही गाउँपालिकाका ४५ वर्षीय र २२ वर्षीय पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

फागुन २६ गते पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयमा अछामका प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले बताए।

उनकाअनुसार महिलाको पेटमा ४ महिनाको बच्चा छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ranechhap