13, Nov, 2024

खानेपानी मन्त्रालयमा सचिव र अन्य कर्मचारीवीच लफडा, मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने समय अनिश्चित

बागमती भ्वाइस
बागमती भ्वाइस
५ मंसिर २०८०, मंगलवार ११:५४ | ११ महिना अगाडी

काठमाडौं । यस वर्षको बाढीका कारण मुख्य मुहान पुरिएसँगै काठमाडौंमा मेलम्ची खानेपानी आउने क्रम बन्द भएको थियो । तर, काठमाडौंमा पानी फर्काउन मर्मत र सम्भार गर्नु पर्ने मेलम्ची विकास समितिको संचालक समिति अपारदर्शि भएका कारण पुनः अनिश्चित हुर्दै गएको छ।

खानेपानी मन्त्रालयका सचिव रामआधार साह र खानेपानी मन्त्रालय वा अन्तरगतका प्राविधिक सहसचिव,उपसचिव र इन्जिनियरहरु वीचको इगो टकरावले गर्दा मेलम्ची विकास समितिका कार्यकारी निर्देशकले अधिकार पाउन सकेका छैनन ।

मेलम्ची विकास समितिको कार्यकारी निर्देशक बनाउने गरि सुरोज बमलाई सरुवा गरेर उपकार्यकारी निर्देशक बनाएको खानेपानी मन्त्रालयले एक महिनापछि जक्की अहमत अन्सारीलाई कार्यकारी निर्देशक बनाएपछि विवादले चरमरुप लिएको हो । खानेपानी सचिव र नयाँ कार्यकारी निर्देशक वीच आन्तरीक कुरा नमिलेका कारण सचिव अध्यक्ष भएको मेलम्ची विकास समिति संचालक समितिले अन्सारीलाई पुरा अधिकार दिएको छैन । उनी काम चलाउने कार्यकारी निर्देशक भएका कारण काम गर्न अप्ठ्यारो परेको समाचार स्रोतले दावी गरेको छ ।

यस वर्ष ७ असारदेखि मेलम्चीको पानी सुरुङमा पठाउन रोकिएको थियो । यसले वर्षायाममा आउने लेदो सुरुङमा जान रोकिएको थियो । तर, साउन २७र२८ मा मेलम्ची खोलामा आएको ठूलो बाढीले पुनः खानेपानी आयोजनाको मुहानमा क्षति गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक अन्सारीका अनुसार मेलम्चीको मुहान अहिले पनि ठूलो बाढीका कारण पुरिएको अवस्था छ । साथै बाटो समेत अवरुद्ध छ । सोहीकारण यसलाई पन्छाएर पानी काठमाडौं ल्याउने समय करिव ४५ दिन भन्दा बढी लाग्ने बताए । अन्सरी भन्छन, अहिले बाटो बनाउने काम शुरु भएको छ । बाटो काम सकिएपछि मेलम्चीको मुहान हेडबक्र्सको बालुवार ढुंगा पन्छाएपछि पानी सुरुङमा हालेर काठमाडौं ल्याइन्छ । बाढीले क्षति नगरेको भए वर्षा कम हुनासाथ पानी पठाउन सक्ने अवस्था भएपनि यो पटक त्यो सम्भव नभएको उनको भनाइ छ । आयोजनाको गेट नम्बर ९ र १० यस पटकको बाढीले पुरिएको छ ।

अस्थायी प्रबन्धमार्फत पानी वितरण

दुई दशक भन्दा लामो समय लगाएर निर्माण सम्पन्न भएको मेलम्ची खानेपानी आयोजनाको मुहानको काम भने अस्थायी प्रकृतिको छ । सोहीकारण वर्षा याममा मुहान पुरिने गर्छ । २२ फागुन २०७७ मा पहिलो पटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारियो । १५ चैत २०७७ देखि मेलम्चीको पानी काठमाडौंका धारामा वितरण गर्न थालियो ।

१ असार २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) विनासकारी बाढीका कारण तहसनहस भयो । त्यसपछि ९ महिनासम्म बन्द भएको पानी ११ वैशाख २०७९ मा अस्थायी रुपमा मात्र आउन थाल्यो । त्यसपछि बाढीबाट हुने क्षति रोक्न भन्दै मेलम्चीको मुहान बन्द गरिएको थियो । १७ जेठ २०७९ मा बन्द भएको पानी त्यसको ६ महिनापछि अर्थात २३ मंसिर २०७९ मा मात्र पानी पुनः काठमाडौं ल्याइयो । यस वर्ष ७ असार २०८० बाट पानी रोकिएको हो । अब पानी आउने समय भने अनिश्चित छ ।

खानेपानी काठमाडौंमा वितरण सुरु गर्दा आयोजनाको स्थायी ड्याम (बाँध) र पानी छान्ने संयन्त्र ९डिसेन्डर० बनेकै थिएन । समितिका प्रवक्ता पन्तका अनुसार अस्थायी प्रवन्धमार्फत पानी वितरण गरिएका कारण हरेक साल यस्तै नियती भोग्नु पर्ने अवस्था छ । सोहीकारण स्थायी व्यवस्थापनका लागि सरकारले पहल गर्नुपर्ने उनको समेत राय छ । त्यसका लागि अझै २ वर्ष लाग्न सक्ने उनी बताउँछन् ।

त्यसो त एसियाली विकास बैंक (एडीबी)सहितको परामर्शदाताको समूहले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणका लागि नयाँ मुहानको खोजी सुरु गरेको छ । नयाँ मुहान बनेमा थप सुरुङ बनाएर मुहान स्थलमा सबै संरचना नयाँ बनाउनु पर्छ । त्यसका लागि २ वर्ष समय लाग्ने अनुमान छ ।

३४ अर्ब खर्चिएको ठूलो आयोजनाबाट उपभोक्ताले पाए के ?

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना ३४ अर्ब रुपैयाँ भन्दा बढी खर्चिएर बनेको ठूलो आयोजना हो । तर, मुहानमा स्थायी संरचनासहित व्यवस्थापन गर्न नसक्दा यो आयोजनाबाट उपत्यकाबासीले लाभ लिन भने सकेका छैनन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार काठमाडौंमा मात्र दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानी नआउँदा मात्र दैनिक १७ करोड लिटर पानीको अभाव हुन्छ । यसको परिपूर्ति गर्न उपत्यका बासी ट्याङ्करमार्फत महंगो मूल्यमा पानी खरीद गर्न बाध्य छन् ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खोलामा हेडवर्क्स रहेको मेलम्चीको सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ रहेको छ । जसबाट दैनिक १७ करोड लिटर पानी ल्याउने क्षमता छ ।

५ मंसिर २०८०, मंगलवार ११:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading