वि.सं.२०८३ वैशाख २२ मंगलवार

माओवादी केन्द्रको बैठकमा बादलसहित मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव

khanepani

काठमाडौं । आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको थिए । गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थिए भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थिए।

स्थायी कमिटी बैठकको भोलिपल्ट बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही प्रस्ताव राखिएको हो । ‘सायद, उहाँहरुलाई पार्टीबाट निस्कासनको निर्णय हुन्छ’ एक केन्द्रीय सदस्यले बताए।

ranechhap