16, May, 2024

माओवादी छाडेर सांसद रेग्मी एमालेको प्रदेश सचिव

Bagmati Voice
संवाददाता
२८ फाल्गुन २०७७, शुक्रबार १८:०५ | ३ साल अगाडी

सुर्खेत । माओवादी केन्द्रका नेता एवम् कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी एमालेको प्रदेश सचिव भएका छन् । शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवको जिम्मेवारी दिएको हो ।

बैठकले प्रदेश कमिटी इन्चार्जमा नेता यमलाल कँडेल, सह इन्चार्जमा गोरख बोगटी, प्रदेश अध्यक्षमा गुलाबजंग शाह र सचिवमा रेग्मीलाई मनोनित गरेको हो ।

एमाले र माओवादी मिलेर बनेको नेकपामा कँडेल सह–इन्चार्ज थिए भने बोगटी प्रदेश अध्यक्ष थिए ।

रेग्मी माओवादी केन्द्रबाट चुनाव जितेका सांसद हुन् । उनले दैलेख १ (क)बाट चुनाव जितेका हुन् । अब कर्णाली प्रदेशसभामा माओवादीका १२ सांसद हुनेछन् ।

२८ फाल्गुन २०७७, शुक्रबार १८:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading