काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
उच्च अदालतका बरिष्ठ मुख्य न्यायाधीशबाट कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गरेको न्यायपरिषदले जनाएको छ।
उच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका १८ मध्ये एकजना केही समयअघि सिद्धबाबालाई बलात्कार मुद्दाबाट सफाइ दिने न्यायाधीश अर्जुन कोइराला पनि छन्।
उनको हकमा न्यायपरिषद सदस्य रहने सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
ुनियुक्तिका लागि सिफारिस गरिएका अरूमा सहमति हो, अर्जुन कोइरालाको हकमा मेरो ‘नोट अफ डिसेन्ट छ,’ उनले भने।









































