वि.सं.२०८३ जेठ १२ मंगलवार

रक्षामन्त्रीसँगको भेटमा राष्ट्र संघका महासचिवले गरे नेपालीको प्रशंसा

khanepani

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरेका थिए ।

आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन् ।

भेटका क्रममा महासचिव गुटेरेसले नेपालीहरुको प्रशंसा गरेका छन् । द्वन्द्वग्रस्त देशहरुमो यून शान्ति सेनाका रुपमा खटेर नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेको गुटेरेसको भनाइ उद्धृत गर्दै उपप्रधान एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

नेपाली सेना, प्रहरीहरुले त्यस्ता मुलुकमो उच्च मनोबलका साथ काम गरेर शान्ति स्थापनामा सहयोग गरेको भन्दै गुटेरेसले मुक्तकण्ठले प्रशंसा गरेका खड्काले बताए ।

यस कार्यलाई यही किसिमले नेपालले निरन्तरता दिनेबारे गुटेरेसले विशवास व्यक्त गरेका थिए । त्यस्तै, उनले अन्य मुलुकसँग सहकार्य गरेर नेपालको आर्थिक उन्नतिको लागि राष्ट्र संघले भूमिका खेल्ने पनि गुटेरेसले बताएका थिए ।

दुईबीचको छलफल सकारात्मक, उपलब्धिपूर्ण र सौहार्दपूर्ण भएको खड्काले बताए ।

ranechhap