वि.सं.२०८३ जेठ १२ मंगलवार

सरकारलाई राप्रपा सांसद जबराको आग्रहः अविलम्व जनताप्रति सचेत र सजग होउ

khanepani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताए । उनले नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन ? भन्दै प्रश्न गरे। उहाँले दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गरे ।

उनले भने, ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु । तर सन्दर्भ गतिलो छैन । नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ । अर्थतन्त्र गिरेको छ । भुईं छोला जस्तो भइसक्यो । यो अवस्थामा सरकार के हेरेर बसेको छ ? किन नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि दिन सक्दैन ? हामी संसदमा छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ । आजको दशैँको बेला तिहार र छठको बेला अविलम्व नेपाली जनताप्रति सजग र सचेत होउ । यो दशैँमा अलिकति भएपनि नेपाली जनतालाई चैन देउ । मुलुक र नेपाली जनता तपाईहरुबाट अलिकति सुख खोजिरहेको छ ।’

सांसद जबराले दशैँको बेलामा नेपाली जनतालाई चैन दिन भन्दै उहाँले नेपाली जनता सरकारबाट सुख खोजिरहेको बताए ।

ranechhap