पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद अहिले आफूलाई गौण कुरा भएको बताएका हुन् ।
विचार राजनीति, योजना कार्यक्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने उहाँले भनिसकेपछि त विचार छोडियो भने विचलित भइन्छ, मन्त्री रायमाझीले भने, ‘मेरो अर्थमा सांसद पद गौण भा’छ अहिले । सांसद पद बचाउन हामी हिँड्ने पक्षमा छैनौं ।’
सर्वोच्च अदालत एमाले, माओवादी केन्द्र ब्युँतिएपछि उनी अहिले एमालेको पक्षमा लागेका छन् । माओवादीबाट चुनाव जितेका मन्त्री रायमाझी अहिले पार्टी ब्यूँतिएपछि एमालेतिर लागेका हुन् ।
मन्त्री रायमाझीले माओवादी केन्द्रले अर्को पार्टीसँग मिलेर सत्ता चलाउने अवस्था पनि नरहेको बताए । उनले भने, ‘प्रचण्ड जी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना एकदमै कम छ । एक प्रतिशत पनि छैन
संसद पुनःस्थापनापछि साथीहरु माओवादी माधव पक्षीय खुसी हुनुभो । अबीर जात्रा गर्नु भो, ठीकै भो । उहाँहरुमात्रै होइन हामी पनि खुशी भयौं । ‘त्यति हौसिनुपर्ने त जरुरी थिएन । त्यो पनि ठीकै भो ।
संसद पुर्नस्थापनापछि संसदको बैठकमा प्रधानमन्त्रीको हैसियतको हुनुहुन्छ नि त केपी शर्मा ओली संसद रोक्दिनु भो । जो साथीहरु संसदको माग हामी त चुनावको माग गर्याथ्यौं । हामी बरु त्यहाँ बस्यौं । एमालेमात्रै त्यहाँ बस्यो । कांग्रेस पनि बाहिर गयो । उल्टै म काँ छु भन्नेबेला भो । पुरानै समूहमा फर्किनुस् भनिसकेपछि प्रचण्ड र माधवकुमार नेपाल जीको त्यो कुरा आइराथ्यो । माधव जी त यता हाम्रोतिर फर्किसक्नु भाको छ ।
प्रचण्ड जी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने कुरा एकदमै कम छ । १ प्रतिशत पनि छैन । त्यो सरकार बनाउने भयो भने कांग्रेसको २ वटा फ्याक्टर छ । त्यसले हुन दिँदैन ।
प्रचण्डजीले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखिराख्नु भाको छ । त्यो अर्को पक्षले मान्नेवाला छैन । जसपा पूरै चाहिन्छ । हुँदाखाँदाको आफ्नो कम्युनिस्टको प्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत पहिलो अध्यक्ष छोडेर चुनाव लड्दा कम्युनिस्टको घोषणा पत्र लिएर लडेका थियौं । कम्युनिस्टलाई नेतृत्व जिम्मेवारी दिन थ्यो । देउवालाई प्रधानमन्त्री बनाउन होइन । बनाइहाल्नु भो भने पनि चल्दैन ।
हामी प्रतिपक्षमा बस्छौं र देशव्यापी रुपमा पहिलो सरकार, बहुमतको बलियो सरकार बनाउँछौं । कांग्रेस पार्टीको प्रधानमन्त्री बनाउनेलाई भोट दिँदैनन् । जनविरोधी यो नराम्रो कुरा अहिले प्रयोग नगरौं । उहाँहरु त बेठीक हुन् ।
हिजोको सांसदमा अविश्वासको मत लिएर प्रधानमन्त्री फिर्ता लिन सक्नुहुन्थ्यो । सक्नु भएन । अहिले पनि हाम्रै पार्टी नेकपा एमाले लाई छ । झलनाथ, माधवजीहरु आफ्नो सांसदहरु बोकेर आइसक्नु भो । भैंसी हिँडेन भने पाडोपाडी पछिपछि हिँड्नै पर्यो । हाम्रो एमाले छँदै छ । अब एउटा सानो दल आए भइहाल्छ ।









































