16, May, 2024

एमाले सुदूरपश्चिम अधिवेशन : मनोनयन दर्ताको समय तेस्रो पटक थप, अध्यक्षमा चार जनाको उम्मेदवारी

Bagmati Voice
संवाददाता
२३ आश्विन २०८०, मंगलवार १२:१० | ७ महिना अगाडी

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनको लागी मनोनयन दर्ता भइरहेको छ ।

बिहान १०:३० बजे सम्मको लागि उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरिएको थियो । त्यसपछि ११:३० र अहिले १२:३० सम्म समय थप गरिएको छ ।

अहिले सम्मा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको अन्य पदाधिकारीमा आधा दर्जन बढीले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा अछामका कमल तिमिल्सिना, अछामका कृष्ण प्रसाद जैशी, अछामकै भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ ।

२३ आश्विन २०८०, मंगलवार १२:१० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading