वि.सं.२०८३ वैशाख २० आइतवार

प्रधानमन्त्रीले भने, ‘मृगौला फेर्न विदेश जानु मेरो रहर होइन, बाध्यता थियो’

khanepani

काठमाडौं । विश्व मृगौला दिवसका अवसरमा काठमाडौंमा आज चेतनामुलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभावफेरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थिए ।

कार्यक्रममा बोल्दै ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए । यसका लागि मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहेको ओलीले बताए ।

मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, दुईपटक मृगौला प्रत्यारोपण गराइसकेका प्रधानमन्त्रीले बताए ।

मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी रहेको उनले बताए ।ओलीले थप, उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो । यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्छ ।

पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गरे ।‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गराए भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ । उनले भने ।

मृगौला रोगको साथमा स्वस्थ्य जीवन को नारासहित आज नेपालसहित विश्वभर मृगौला दिवस मनाईदैछ ।

ranechhap