वि.सं.२०८३ वैशाख १९ शनिवार

अमेरिकाले आफ्ना नागरिकलाई दिने भयो १९ खर्ब डलरको राहत

khanepani

एजेन्सी । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पनि राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको छ।
बुधबार भएको मतदानमा राहत प्याकेजका पक्षमा २२० र विपक्षमा २११ मत परेको थियो। संसदका दुबै सदनबाट आफ्नो प्रस्ताव पारित भएपछि राष्ट्रपति बाइडेनले ट्वीटरमा लेखेका छन् (हेल्प इज हियर)
उनले पारित भएको विधेयकमा शुक्रबार हस्ताक्षर गर्ने बताइएको छ।

यसअघि गत शनिबार माथिल्लो सदन सिनेटबाट राहत प्याकेज पारित भएको थियो। प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो।

जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक दुबै सदनबाट आफ्नो प्रस्ताव पारित गराएका छन्।

ranechhap