वि.सं.२०८३ भदौ १६ मंगलवार

बढ्यो अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

khanepani

एजेन्सी । मंगलबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ २५ पैसा र बिक्रीमा १४१ रुपैयाँ ८९ पैसा पाइन्छ।

सोमबार युरो एकको खरिददर १४१ रुपैयाँ ०६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७० पैसा तोकिएको थियो।

यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ।

आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८२ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा १४ पैसा बढेको हो।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ०९ पैसा पाइन्छ।

पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ २२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३३ पैसा र बिक्रीमा २८ रुपैयाँ ४६ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७० पैसा तोकिएको छ।

ranechhap