वि.सं.२०८३ भदौ १२ शुक्रवार

प्रवेश परीक्षा मिति तोक्न इन्जिनियरिङ अध्ययन संस्थानलाई नेविसंघको आग्रह

khanepani

काठमाडौ । काठमाडौ नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानलाई प्रवेश परीक्षा मिति तोक्न आग्रह गरेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर ‘हाललाई न्यूनतम मात्र सन्तुलनको मार्गप्रशस्त गर्दै तत्काल प्रवेश परीक्षा मिति तोकी प्रक्रिया सुचारू गर्न हामी चेतावनीपूर्वक आग्रह गर्दछौं’ भन्ने उल्लेख गरेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा बढाएको शुल्क पुनरावलोकन हुनुपर्ने नेविसंघले बताउँदै आएको छ।

गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेपछि नेविसंघलगायत विद्यार्थी संघसंगठनले विरोध गरेका थिए।

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विरोध भएको थियो।

शुल्क पुनरावलोकन गर्न समिति बनाए पनि ५ लाख शुल्कको प्रस्ताव गरेको भन्दै विरोध भइरहेको छ। संस्थानले २०५३ सालदेखि शुल्कवृद्धि गरेको थिएन।

ranechhap