काठमाडौं । बुधबार नेपाली सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँ थियो । यसैगरी, आज तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ थियो ।








































