16, Jul, 2024

शिक्षकहरूसँगको वार्ताअघि कार्यवाहक प्रधानमन्त्रीले थाले ४ मन्त्रीसँग आन्तरिक छलफल

Bagmati Voice
संवाददाता
५ आश्विन २०८०, शुक्रबार ०८:३५ | ९ महिना अगाडी

काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग संवाद गर्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग छलफल गर्दैछन् ।

कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई छलफलका लागि बोलाएका छन् ।

मन्त्रीहरूको आन्तरिक छलफलपछि आजै केही बेरमा गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता हुनेछ ।

यसअघि हिजो २ पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू तीन दिनदेखि आन्दोलनमा छन् ।

५ आश्विन २०८०, शुक्रबार ०८:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading