वि.सं.२०८३ वैशाख १९ शनिवार

ठाकुरले यसरी दिए डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई सरप्राइज

khanepani

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेर पार्टीका नेताहरुलाई चक्मा देखाएका छन ।

ठाकुरले २३ फागुनमा विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारमा सहभागीहुने बचन दिएको समाचार स्रोतले दावी गरेको छ । सो भेटमा ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य गर्न दुबै दलले कार्यदल गठन गर्ने सहमति भए अनुसारनै वार्ता टोलि गठन गरेका हुन । मंगलबार जसपा संसदीय दलको बैठकमा मात्र उनले कार्यदल गठन गर्ने सहमति भएको र आफूले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकेको जानकारी दिएका छन् ।

ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका लागि सरप्राइज भएको छ । उनीहरु ओलीसँग सहकार्य गर्ने मुढमा थिएनन ।

ranechhap