16, Jul, 2024

डा. शेखर कोइरालाले बेलाएको गुटको भेलामा केन्द्रीय सदस्य प्रदीप पौडेल पनि नजाने

Bagmati Voice
संवाददाता
२ आश्विन २०८०, मंगलवार १२:२५ | १0 महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलाएको गुटको भेलामा केन्द्रीय सदस्य प्रदीप पौडेल पनि नजाने भएका छन् ।

केन्द्रीय समितिको बैठक बस्नुअघि नेता कोइरालाले बोलाएको छुट्टै भेलामा आफू सहभागी नहुने नेता पौडेलले बताए । उनले आफू काम विशेषले उपत्यका बाहिर जान लागेको बताए ।

इतर पक्षको भेलामा शेखरले महामन्त्री विश्वप्रकाश शर्मा र नेता पौडेललाई पनि पहिलो पटक बोलाएका थिए । तर, उनीहरू दुवै नजाने भएका छन् ।

शेखरले आफू पक्ष नेताहरूसँगको भेला साढे १ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्दै छ । बैठकमा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाएका छन् ।

असोज ४ मा बस्ने बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने जनाइएको छ । त्यसो त महामन्त्री शर्मा र पौडेल यसअघि महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसी निवासमा राखेको भेलामा सहभागी थिए । त्यहाँ नेता कोइराला उपस्थित थिएनन् ।

२ आश्विन २०८०, मंगलवार १२:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading