22, Sep, 2023

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेड बीच सम्झौता

बागमती भ्वाइस न्युजडेस्क
२८ भाद्र २०८०, बिहीबार १३:४४ | १ हफ्ता अगाडी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेड बीच सम्झौता भएको छ ।

बुधवार समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अपोलो हस्पिटल्स इन्टरप्राईजेजका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कार्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका कार्डवाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेडका भारतभरि रहेका ९ हस्पिटल नेटवर्कहरूमा १० प्रतिशतको छुट व्यवस्था लागू गरिएको छ ।

त्यसैगरी, बैंकको यो सम्झौता हस्पिटल सँगको दोस्रो सम्झौता हो । यसअघि पनि बैंकले भारत स्थित मेदान्त- द मेडिसिटी अस्पताल सँग बैंकका कार्डवाहक ग्राहक महकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदार गरिसकेको छ ।

२८ भाद्र २०८०, बिहीबार १३:४४ मा प्रकाशित