22, Sep, 2023

आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन : गोकर्णेश्वरमा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड

बागमती भ्वाइस न्युजडेस्क
२८ भाद्र २०८०, बिहीबार ०९:१२ | १ हफ्ता अगाडी

काठमाडौं । आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । यो पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ ।

२८ भाद्र २०८०, बिहीबार ०९:१२ मा प्रकाशित