वि.सं.२०८३ भदौ ११ बिहीवार

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । काठमाडौ मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap