29, Apr, 2024

सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प

Bagmati Voice
संवाददाता
२५ भाद्र २०८०, सोमबार १३:०१ | ७ महिना अगाडी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् ।

२ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ ।
विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए ।

‘हामिले हिंजै आन्दोलनका कार्याक्रम घोषणा गरेका हौं । हिजो पेन डाउन ग¥यौं,’ ति अधिकृतले भने, ‘आजबाट सेवा ठप्प पारेका छौं । औषधिबाहेकको भन्सार जाँचपास आज हुँदैन ।’ भोली पनि सेवा अवरुद्ध हुने ति अधिकृतले बताए ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसंग पनि बयान लिइरहेको छ भने केही कर्मचारी बिरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

२५ भाद्र २०८०, सोमबार १३:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading