वि.सं.२०८३ भदौ १५ सोमवार

विमानस्थल भन्सारका कर्मचारीको विरोध: निकासी पैठारीसम्बन्धी सबै काम बन्द

khanepani

काठमाडौ । काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्ना माग पूरा नभएको भन्दै भन्सार जाँच पासमा अवरोध सुरू गरेका छन्।

सम्बद्ध कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार र मंगलबार त्रिभुवन भन्सार कार्यालयबाट हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने उल्लेख गरेका छन्।

भन्सार कार्यालयका एक अधिकारीका अनुसार हालसम्म सेवा भइरहे पनि सबै कर्मचारीहरूले आइतबार नै सेवा बन्द गर्ने सवालमा पत्रचार गरेको जानकारी गराए।

उनीहरूले दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीहरूको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको भन्दै भदौ १२ गते सामूहिक राजीनामा दिएका थिए।

काम गर्ने सवालमा विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द नभएसम्म काम गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेका छन्।

यस्ता छन् माग

नियमित कार्यलाई अनुसन्धानको बहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने।

कार्यालयमा आवश्यक भौतिक पूर्वाधारहरू आधुनिक प्रविधिहरूको व्यवस्था यथाशिघ्र गरिनुपर्ने।

कार्यस्थलमा डरत्रास बिना, निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने।

अनुसन्धान गर्ने विभिन्न निकायले बिना प्रमाण, पक्राउ पूर्जी अनुमती नलिई कर्मचारीहरूलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य अविलम्ब बन्द हुनुपर्ने।

सिआइबीले बिना प्रमाण केही कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा लिएको अवस्थामा के–कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यलयलाई समेत जानकारी नदिई अमानवीय तथा अपराधिलाई जस्तै निकृष्ट व्यवहार गरी गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने।

अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी मिडियाबाजी गर्ने, दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनियताको हक बर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने।

सिआइबीबाटै सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मुख्य योजनाकार तथा सोसँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने।

यस्ता छन् विरोधका कार्यक्रम

भदौ २५ र २६ गते कार्गो जाँचपास शाखामार्फत् हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने।

भदौ २७ गतेभित्र उल्लेखित मागहरू सम्बोधन नभएमा यस कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरूसमेत प्रभावित गर्ने।

ranechhap