22, Jul, 2024

नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचनका लागि बागमती प्रदेशबाट पारस खड्कासहित तीन जना प्रतिनिधि चयन

Bagmati Voice
संवाददाता
२४ भाद्र २०८०, आईतवार ०८:०० | १0 महिना अगाडी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचनका लागि बागमती प्रदेशबाट पारस खड्कासहित तीन जना प्रतिनिधि चयन भएका छन् ।

शनिवार बसेको प्रदेश क्रिकेट संघको बैठकले खड्कासँगै शेखर श्रेष्ठ, प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको हो ।

यस्तै संघले विभिन्न उपसमिति गठन गर्दै संयोजक र सदस्य पनि चयन गरेको छ ।

जसअनुसार आर्थिक समितिमा पारस खड्का, प्रसन्न शाक्य र सन्जोग पोखरेल रहेका छन् ।

यस्तै प्राविधिक समितिमा वसन्तराज सत्याल, सुजन महर्जन, नीरा राजोपाध्याय, राजु खड्का, विनोद बानिया, सुरज शाक्य र रिकेश लामा रहेका छन् ।

विकास समितिमा अनुजमान श्रेष्ठ, धिरज श्रेष्ठ र अन्य तीन सदस्य थप गर्ने निर्णय भएको छ ।

कार्यक्रम समितिमा अजयवीर पाण्डे, अनुजमान श्रेष्ठ, प्रेमबहादुर क्षेत्री, सञ्जय बस्नेत र सुजन महर्जन रहेका छन् । खेलाडी छनौट समिति भने अर्को बैठकबाट चयन गर्ने निर्णय भएको छ ।

यस्तै प्रदेशको क्रिकेट संयोजकमा अनिल अधिकारी, महिला क्रिकेट संयोजकमा नीरा राजोपाध्यायलाई चयन गरेको छ ।

२४ भाद्र २०८०, आईतवार ०८:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading