वि.सं.२०८३ भदौ १५ सोमवार

पूर्वमन्त्री यादव कुटपिटबारे सरकारले भन्यो, ‘विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन’

khanepani

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले कसैको विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी छन् । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंगमा यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘अहिले सांघातिक आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ । तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन । यो संविधान, कानून र नियमविपरितकै कामहरु हुन् । त्यसबारे थप अनुसन्धान जारी छ ।’

अनुसन्धान टुंग्याएपछि सरकारले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइन् ।

ranechhap