29, May, 2024

साउदी अरेबियाको दमाममा नियमित उडान गर्दै नेपाल एयरलाइन्स

Bagmati Voice
संवाददाता
२२ भाद्र २०८०, शुक्रबार १०:०७ | ८ महिना अगाडी

काठमाडौ । काठमाडौ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा नियमित उडान सुरू गरेको छ।

निगमले गत बुधबारदेखि काठमाडौं–दमाम–काठमाडौं सिधा उडान सुरू गरेको बताएको छ। निगमका अनुसार बुधबार राती १० :४० मा भएको उडानमा १ सय २६ यात्रु थिए भने दमामबाट काठमाडौं फर्किंदा १ सय १७ जना थिए।

निगमका प्रवक्ता रमेश पौडेलले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने जानकारी दिए। बजार माग र निगम बजार व्यवस्थापनअुनसार उडान संख्या बढाउँदै लैजाने उनको भनाइ छ।

टिकट अनलाइन र नजिकको ट्राभल एजेन्सीमार्फत लिन सक्ने निगमले जनाएको छ।

२२ भाद्र २०८०, शुक्रबार १०:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading