वि.सं.२०८३ जेठ ११ सोमवार

पूर्वमन्त्री यादवमाथिको आक्रमणबारे कांग्रेसले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ

khanepani

काठमाडौैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विषयको गहिरो अनुसन्धान गर्न माग गरे।

उनले भने, ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही धम्की दिन्छ। हामी एक्लै हिँड्न हुने हो कि होइन । म प्रधानमन्त्रीले ठाउँ ठाउँमा बोलेको पनि सुनिरहेको छु यसलाई छाडिनेछैन भनेर जिम्मा लिनेले बोल्ने होइन काम गर्ने हो। हामीले परिणाम हेर्न चाहन्छौँ।’

पूर्व मन्त्रीमाथि भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्री बोल्नुपर्ने बताए।

ranechhap