वि.सं.२०८३ जेठ ११ सोमवार

मेयर बालेन शाह र उपमेयर सुनितासहित कांग्रेस नेता कार्यकर्ता पुगे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

khanepani

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उनीहरु अस्पताल पुगेका हुन् ।

ग्राण्डी अस्पताल पुगेका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिएका छन् ।

रिजालको बिहान निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

ranechhap