वि.सं.२०८३ जेठ ११ सोमवार

गोरखाको गण्डकी गाउँपालिकाले शिक्षकहरूलाई भन्यो, ‘राजनीतिक कार्यक्रममा सहभागी नहुनू’

khanepani

काठमाडौ । काठमाडौ गोरखाको गण्डकी गाउँपालिकाले शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी निर्देशन दिएको छ।

पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको गुनासा आएको थियो।

गाउँपालिकाले भदौ १८ गते सूचना निकालेर शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन भनेको हो।

शिक्षा नियमावली २०५९, शिक्षक आचारसंहिता र निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय कारबाही हुने उल्लेख गरेका छन्।

विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजनास्थल बनाइ राजनीतिक कार्यक्रम नगर्न/नगराउन पनि गाउँपालिकाले निर्देशन दिएको हो।

विद्यालयमा राजनीतिक कार्यक्रम गर्न दिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सोको जिम्मेवारी लिनुपर्ने र उनीहरूमाथि कारबाही गरिने चेतावनी गाउँपालिकाको छ।

ranechhap