वि.सं.२०८३ वैशाख २० आइतवार

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र(आदेशसहित)

khanepani

काठमाडौं । नेकपा ओली पक्ष र प्रचण्ड पक्षको पाटी र सूर्य चिन्ह्र सम्बन्धको विवाद आज अन्त भएको छ ।

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी )नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेसँग नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएका हुन ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालतले जनाएको छ ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

ranechhap