15, May, 2024

मानवअधिकार आयोगले भन्यो, ‘सप्तरी घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याऊ’

Bagmati Voice
संवाददाता
३० श्रावण २०८०, मंगलवार १३:४१ | ९ महिना अगाडी

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

मंगलबार मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारवाही गर्न र अधिकारकर्मीको सुरक्षामा ध्यान दिन माग गरेको हो ।

‘मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा सेवाग्राहीको काम विशेषले गएको समयमा उक्त कार्यालयमा कार्यरत प्रहरीद्वारा कुटपिट तथा दुर्व्यवहार भएको घटना एवम् उक्त घटनालाई लिएर स्थानीय पत्रकारहरु र अन्य सामाजिक संघ संस्थाहरुबाट निरन्तर भइरहेको विरोधका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ आयोगका प्रवक्ता टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न र अधिकारकर्मीको सुरक्षामा ध्यान दिन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

हेर्नुहोस् विज्ञप्ति :

३० श्रावण २०८०, मंगलवार १३:४१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading